काठमाडौं । विपक्षी दलहरूको चर्को दबाब पश्चात् सरकारले हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको छ ।
उसले यहीँ माघ तेस्रो साताभित्रै अधिवेशन आह्वान गर्ने तयारी गरेको सत्तारूढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भने, ‘माघको १८–२० गतेभित्रै संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने प्रक्रियाको थालनीमा सरकार जुटेको छ । सत्तारूढ दलहरूसँग पनि यसबारे सहल्लाह हुँदैछ ।’
संसद्को वर्षे अधिवेशन गत भदौ ३१ मा अन्त्य गरिएको थियो । वर्षे अधिवेशन अन्त्य भएको ६ महिनाभित्रै हिउँदे अधिवेशन आह्वान गर्नैपर्ने कानुनी व्यवस्था छ ।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्नेछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया