९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

बैठक

मन्त्रिपरिषद् बैठकमा संसद् अधिवेशनबारे छलफल



काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजेबाट बसेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको छ ।

सरकारले संसद्को हिउँदे अधिवेशन (संसद् बैठक) बोलाउने प्रक्रियाको थालनीका लागि मन्त्रिपरिषद् बैठक बोलाएको हो ।

यहीँ माघ १८ गतेभित्रै हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार