९ जेष्ठ २०८२, विहीबार | Fri May 23 2025

शिलान्यास

बुटवल–गोरुसिंगे सडक स्तरोन्नतिका लागि शिलान्यास



काठमाडौं । बुटवल–गोरूसिंगे सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको छ ।

बुटवलदेखि कपिलवस्तुको गोरूसिंगेसम्मको सडक स्तरोन्नतिका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन् ।

शिलान्यासको क्रममा गर्दै प्रधानमन्त्री ओलीले आजको दिन पाल्पा र रूपन्देहीको लागि मात्र नभएर देशकै महत्वपूर्ण र ऐतिहासिक दिनको रूपमा रहेको बताए ।

प्रधानमन्त्री ओलीले नेपाल सडकमार्ग मात्र नभएर सुरूङमार्गको युगमा प्रवेश गरिसकेको र अब नेपाल दुर्गमबाट सुगम बन्दै गएको दाबी समेत गरे ।

पहिलो चरणमा बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ ।

कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा निर्माण हुने ५० किलोमिटर सडकका लागि बुटवल–कोठीनदी खण्डको सात अर्ब ८९ करोड र कोठीनदी–गोरुसिंगे खण्डको ५ अर्ब ६६ करोड रुपैयाँमा सम्झौता भएको छ ।

यो सडक विस्तारका लागि विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार