३ जेष्ठ २०८२, शुक्रबार | Sat May 17 2025

सुनको मूल्य आकाशियो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) एकैदिन सुनको भाउ २३ सय रुपैयाँले  बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २३ सबढेर प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ ।

यसअघि बुधबार सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ ।

यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ । हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १ फाल्गुन २०८१, विहीबार