९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

स्तरोन्नति गरिँदै

काठमाडौं–फाखेल–हुमाने सडक बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह



मकवानपुर । काठमाडौं–कुलेखानी–फाखेल–हुमाने सडक स्तरोन्नति गर्न आजदेखि बन्द भएको छ ।

अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन् ।

कुलेखानी–सिस्नेरी, कान्तिलोकपथ, त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग उक्त सडकका विकल्प हुन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार