९ जेष्ठ २०८२, विहीबार | Thu May 22 2025

वार्षिक उत्सव

नगर विकास कोषले ३७औँ वार्षिक उत्सव मनाउँदै



काठमाडौं । नगर विकास कोषले ३७औँ वार्षिक उत्सव मनाउँदैछ ।

आज (शुक्रबार) ३६ वर्ष पूरा गरी ३७औँ वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाउन लागेको नगर विकास कोषले जनाएको छ ।

देशको सर्वाङ्गीण शहरी पूर्वाधार विकासमा नगरपालिका, नगरउन्मुख शहरहरू तथा नगर विकाससँग सम्बन्धित निकायहरूलाई आर्थिक तथा प्राविधिक सहयोग पुर्याउँदै आएको छ । कोषले यसपटक भव्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव बनाउन लागेको कोषका कार्यकारी निर्देशक ई.विनोदप्रकाश पण्डितले बताए ।

कार्यकारी निर्देशक ई.विनोदप्रकाश पण्डित

उनका अनुसार, ‘नगर विकास कोषले ३७औँ वर्षमा प्रवेश गरेको अवसरमा दिगो विकास तथा शहरी पूर्वाधार विकासको राष्ट्रिय लक्ष्य पूरा गर्न मिश्रित ऋण लगानीसँगै वैकल्पिक वित्तीय उपकरणको परिचालन गर्दै आधुनिक पूर्वाधारयुक्त, वातावरणमैत्री, दिगो तथा आर्थिकरूपमा गतिशील शहर निर्माणमा नेतृत्वदायी वित्तीय मध्यस्थकर्ता संस्थाको रूपमा थप जिम्मेवारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ ।’

यसअघि पनि नगर विकास कोषले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार