काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आह्वान गरिएको छ ।
आज (मंगलबार) संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा र तल्लो प्रतिनिधिसभाको बैठक आह्वान गरिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०/८१ को ६५औँ वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका छलफलका लागि विधायन पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
हेर्नुहोस् सम्भावित कार्यसूची :
त्यस्तै प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आव २०७९/८० पेस गर्नेछन् ।
त्यसैगरी व्यवस्थापन कार्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
मन्त्री भण्डारीले नै विद्युतीय व्यापार (इ–कमर्श) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको महासचिव पाण्डेयले बताए ।
राष्ट्रिय सभाको बैठक बिहान ११ः१५ बजेदेखि आह्वान गरिएको छ भने प्रतिनिधिसभाको दिउँसो १ः०० बजे आह्वान गरिएको संघीय सचिवालयद्वारा सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सम्भावित कार्यसूची :
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया