काठमाडौं । ताप्लेजुङमा निर्माण हुने ३०.२४ मेगावाटको मध्यघुन्सा खोला जलविद्युत् आयोजनाको ग्रिड कनेक्सन सम्झौता सम्पन्न भएको छ ।
सोमबार आयोजनाको प्रवद्र्धक एटलस इनर्जी प्राली र नेपाल विद्युत् प्राधिकरणबीच कनेक्सन एग्रिमेन्टमा हस्ताक्षर भएको हो ।
आयोजनाका अध्यक्ष पूर्णलाल श्रेष्ठ र नेपाल विद्युत् प्राधिकरणका निर्देशक कमल आचार्यले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार मध्यघुन्सा खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन २२०/१३२ केभी हाङपाङ सब–स्टेसनमा जोडिने कम्पनीका निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का महासचिव बलराम खतिवडाले बताए ।
त्यसका लागि आयोजनाले साढे ६ किलोमिटर १३२ केभी सिंगल सर्किट प्रसारणलाईन निर्माण गर्नेछ ।
त्यसमा १३२/२२० केभीएको ट्रान्सफर्मर जडान गरी प्राधिकरणको प्रणालीमा २२० केभीमा विद्युत् प्रवाह गर्नेछ ।
ताप्लेजुङको फत्तालुङ गाउँपालिकामा निर्माण हुने आयोजना सन् २०२६ मा निर्माण सुरु गरी सन् २०२९ मा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना प्रमुख उज्वल श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया