काठमाडौं । विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकालले सडक दुर्घटनाबाट जोगिनु नै ठूलो बचत भएको बताएका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत नेपालमा सडक दुर्घटनाको अवस्थाबारे जानकारी गराउँदै यस्तो बताएका हुन् ।
मोरक्कोमा आयोजित विश्व सडक सुरक्षा सम्मेलनमा ढकाल सहभागी छन् । उक्त सम्मेलनबाट सडक सुरक्षासम्बन्धी नीति निर्माण, तथ्यांक व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्न सम्मेलनले अवसर प्रदान गर्ने उल्लेख गरेका छन् ।
‘नेपालमा सडक दुर्घटनाको अवस्था भयावह छ । प्रत्येक दिन औसत ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाउँछन् र हजारौँ घाइते हुन्छन्,’ उनले लेखेका छन्, ‘आर्थिक दृष्टिले हेर्दा सडक दुर्घटनाबाट हुने वार्षिक घाटा नेपालको स्वास्थ्य क्षेत्रको कुल बजेटभन्दा बढी छ । हामी भौतिक पूर्वाधार, अस्पताल र स्वास्थ्य सेवा सुधार्न कोसिस गरिरहे पनि दुर्घटनाबाट जोगिनु नै ठूलो बचत हो ।’
सडक दुर्घटना नियन्त्रण: अब डेटा र निर्णयको समय!
म अहिले मोरक्कोमा आयोजना भइरहेको विश्व सडक सुरक्षा सम्मेलन मा सहभागी हुँदैछु। यो सम्मेलनले सडक सुरक्षासम्बन्धी नीति निर्माण, तथ्यांक व्यवस्थापन, र अन्तर्राष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्छ।
नेपालमा सडक दुर्घटनाको अवस्था भयावह छ। प्रत्येक दिन औसत ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाउँछन्, र हजारौँ घाइते हुन्छन्। आर्थिक दृष्टिले हेर्दा, सडक दुर्घटनाबाट हुने वार्षिक घाटा नेपालको स्वास्थ्य क्षेत्रको कुल बजेटभन्दा बढी छ। हामी भौतिक पूर्वाधार, अस्पताल, र स्वास्थ्य सेवा सुधार्न कोसिस गरिरहे पनि, दुर्घटनाबाट जोगिनु नै ठूलो बचत हो।
डेटा केवल संख्याहरू मात्र होइन, यो जीवन जोगाउने उपाय हो। सही र विश्वसनीय तथ्यांकको अभावमा ठोस नीति निर्माण असम्भव छ। त्यसैले, दुर्घटनासम्बन्धी डेटा संकलन, विश्लेषण, र सूचना साझेदारीलाई प्राथमिकतामा राख्नुपर्दछ ।
हामी सबैको दायित्व छ— सरकार, सरोकारवाला निकाय, निजी क्षेत्र, तथा नागरिक समाज मिलेर सडक सुरक्षालाई प्राथमिकतामा राखौँ। अब समय आयो—नेपाललाई सुरक्षित यात्राका लागि बदल्ने!
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया