२६ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै



काठमाडौं ।  तीन दिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने भएको छ । यही चैत्र २९ देखि ३१ गतेसम्म राजधानी काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुने भएको हो । सोसाइटी अफ ट्रन्सपोर्ट इन्जिनियर्स नेपाल सोटेन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा करिब ३ सय भन्दा बढी प्रतिनिधिहरुको सहभागीता हुनेछ ।
टुअडर्स सेफ सस्टेनेबल इफिसेन्ट एण्ड रेजिलेन्ट मुबिलिटी भन्ने मुख्य नारासहित सम्मेलनको आयोजना गर्न लागिएको सोटेनले बताएको छ ।
सम्मेलनको बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा सोटेनका अध्यक्ष डा. हरेराम श्रेष्ठले नेपालको यातायात क्षेत्रमा रहेको विद्यमान समस्या र समाधान गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।


होटल याक एण्ड यतिमा तीनसम्म चल्ने सम्मेलनमा यातायात क्षेत्रका विभिन्न विषयमा १६ वटा सत्र सञ्चालन हुनेछ । १२ देशका प्रतिनिधिहरुको सहभागीता हुने सम्मेलनमा २२ जना अन्तर्राष्ट्रिय र ४५ जना वक्ताहरुको सहभागीतमा छलफल हुनेछ । सम्मेलनमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको यातायात क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा छलफल हुने सोटेनका महासचिव हेमन्त तिवारी बताउनुहुन्छ । सोटेले हरेक दुई बर्षमा अन्तर्राष्ट्रिय सम्मेलन र हरेक बर्षा राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । सोटेका सचिव श्रवण कुमार थापाले यातायात क्षेत्रलाई दिगो र भरपर्दो बनाउनको सरोकारवाला निकायकोबीचमा समन्वयको खाँचो रहेकामा जोड दिनुभयो ।
यातायात पूर्वाधारहरुको डिजाइन, निर्माण, सञ्चालन र मर्मतसम्भारको विश्वव्यापी उत्कृष्ट अभ्यासहरुलाई देशभित्र प्रबद्र्धन गर्ने कार्यमा सोटेनले भूमिका निर्वाह गर्दै आइरहेको छ ।
हाल सात वटा प्रदेश अन्तर्गत रहेका ७५३ वटा स्थानीय तहमा गरि १ लाख ३३ हजार १७३ किलोमिटर सडक सञ्जाल रहेको छ । त्यसैगरी सात प्रदेशमा करिब ६७ लाख सवारी साधन सञ्चालनमा रहेका छन् । नेपाल प्रहरीको तथ्याङक अनुसार सवारी दुर्घटनाको क्रममा बार्षिक २ हजारदेखि २ हजार ५ सय जनाले ज्यान गुमाउने गरेका छन् । देशभित्र रहेको सडकलाई सुरक्षित र भरपर्दो बनाउनको लागि सम्मेलन निकै फलदायी हुने सोटेनले बताएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २६ चैत्र २०८१, बुधबार