१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025

नारायणगढ–वुटवल सडक योजनाको प्रमुख फेरिए, रिजाललाई जिम्मेवारी



काठमाडाै‌ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नारायणगढ–वुटवल सडक योजना (पूर्वी खण्ड)को योजना प्रमुख फेरेको छ । बर्षाको समयमा सडक अवरुद्ध हुँदा पनि समयमा सुचारु हुन नसकेको भन्दै हाल कार्यरत योजना प्रमुख अनुक्षा घिमिरेलाई मन्त्रालय तानेर नयाँ प्रमुखमा ईश्वर बहादुर रिजाललाई जिम्मेवारी दिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दैनिक हजारौ सवारी साधन र यात्रुहरु आवतजावत गर्ने गर्ने सडकको व्यवस्थापनलाई सुधार गर्न योजना प्रमुख फेरेको बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय राजमार्गलाई बाढी पहिरोको कारण हुने अवरुद्ध २४ घण्टाभित्र सञ्चालन गर्न निर्देशन दिदै आएका थिए । तर सो सडक हाल पाँच दिनदेखि बन्द अवस्थामा छ । सोही बमोजिम नयाँ योजना प्रमुख दाहाललाई २४ घण्टाभित्र साइट निरीक्षण गरि कार्य सम्हाले सडक सुचारु गराउन समेत निर्देशन सहित प्रमुख बनाएर पठाइको छ । दाहाल सडक विभागभित्र अनुभव प्राप्त सिनियर डिभिजन इन्जिनियरको रुपमा चिनिदै आएका छन ।

मध्यहाडी राजमार्ग योजना कार्यालय गोरखामा कार्यरत दाहालले नयाँ जिम्मेवारी सम्हाल्दै अवरुद्ध यस सडक सुचारु गराउन काम समेत थालेका छन् । हाल पूर्व पश्चिम राजमार्गको महत्वपूर्ण सडक नारायणढ वुटवल सडक भने पाँच दिनदेखि बन्द रहेको छ । लामो समय राजमार्ग बन्द हुँदा सरकारप्रति नागरिकहरुले असन्तुष्टि जनाउदै आएका छन् ।

राजमार्ग विस्तार भइरहेको यस खण्डको दाउन्ने र विनयी खोलामा बनाइएको अस्थायी डाइभर्सन बगाएको कारण सडक बन्द रहेको छ । सडक बन्द हुँदा पश्चिमबाट राजधानी काठमाडौं र पूर्व जाने सवारी साधनहरु सास्ती झेल्दै आएका छन् । पूर्व पश्चिम राजमार्गको विकल्पमा हाल सिद्धार्थ राजमार्ग प्रयोग भएपनि निकै घुमारो हुँदा यात्रुहरुले कष्टकर यात्रा गर्न बाँध्य हुँदै आएका छन् । योजना प्रमुखमाथि प्रश्न उठाउदै मन्त्रालयले तत्काल यस सडकलाई सुचारु गराउन भन्दै नयाँ प्रमुख पठाएको मन्त्रालयललेबताएको छ ।

असोज ६ गते जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णायानुसार निर्माणाधिन नारायणघाट–बुटवल सडकको दुम्कीबास स्थित विनयी खोला पुलको डाईभर्सन सडक बर्षाले बारम्बार बगाईरहेकोले सो स्थानमा निर्माणाधिन नयाँ पुल सन्चालनमा नआउन्जेल सडक बन्द गर्ने निर्णय गरेको थियो । हाल यस खण्डको दाउन्नेसहित केही स्थानहरुमा ग्राबेल राखेर सडक मर्मत गर्ने काम भईरहेकोले छ । बैठकले बैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । निर्माणाधिन यस राजमार्ग समयमा नै निर्माण नहुँदा त्यसको प्रत्यक्ष मार नागरिकरुले झेल्दै आएका छन् ।

(यसअघि ईश्वर बहादुर रिजाल हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।)

 

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ११ असार २०८२, बुधबार