काठमाडौं ।
नेपाल इन्जिनियर्स एसोसिएसनको ६३ औं इन्जिनियर दिवस (साउन ३ गते) हुने कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रुपमा निमन्त्रण दिएको छ । बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटरमा पुगेर एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बराल, उपाध्यक्ष प्रकाश केसी, महासचिव विनोद प्रकाश पण्डित, उप–महासचिव अनिल मानन्धर,कोषाध्यक्ष सुमन थापा, सह–कोषाध्यक्ष कृष्ण प्रसाद पोखरेल, एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत माधव अधिकारस्हितको टोलीले भेट गरेर औपचारि निमन्त्रण दिएको हो ।
भेटको क्रममा एसोसिएसनले निमन्त्रणासँगै इन्जिनियरिङ पेशामा देखिएका विद्यमान समस्याहरूका बारेमा ज्ञापनपत्र बुझाएको छ । एसोसिएसनका महासचिव विनोद प्रकाश पण्डितले प्रधानमन्त्रीज्यूलाई आगामी साउन ३ गते हुने कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिनुको साथै इन्जिनियरिङ क्षेत्रमा देखिएको समस्या समाधानको लागि सरकारले कदम चाल्नु पर्नै विषयमा ध्नाकर्षण गराएको जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया