१६ श्रावण २०८२, विहीबार | Thu Jul 31 2025

थानकोट–चित्लाङ् सडक निर्माणमा मन्त्री दाहालको चासो, समयमा नै सक्ने डिभिजनको प्रतिबद्धता



काठमाडौ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ् सडक निर्माणको कामलाई गति दिन निर्देशन दिनु भएको छ । बिहिबार सो सडकको निरीक्षणपछि उहाँले काठमाडौ जोड्ने छोटो यस सडक आर्थिक विकास र समृद्धीको सहयोगी समेत बन्न सक्ने बताउनुभयो ।
यससडकले मकवानपुरको कृषि उपज काठमाडौसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न भूमिका खेल्ने उल्लेख गर्दै उहाँले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । निर्धारित समयमा काम पूरा गर्न सडक विभागलाई निर्देशन दिँदै उहाँले कुनै पनि योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न आग्रह गर्नुभयो ।


विकासका संरचनाहरुले नागरिकको जीवनमा समृद्धी ल्याउन सक्नु पर्ने बताउदै मन्त्री दाहालले यस सडक समेत आर्थिक विकासका दृष्टिकोणले महत्वपूर्ण रहेकाले निर्माणमा तदारुकता दिनु पर्ने बताउनुभयो ।
त्यसैगरी प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश वर्तौलाले मकवानपुर तथा काठमाडौबासीका लागि मात्र नभई पूर्वी नेपाल सहित बागती, मधेस र लुम्बिनीसँगको सम्पर्कका लागि समेत यो सडक महत्वपूर्ण रहेको बताउनुभयो ।

यहाँका बासिन्दाको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने र आर्थिक विकासका लागि समेत बहुउपयोगी हुने अपेक्षा राखिएको यो सडक विना अवरोध र ढिलाई जतिसक्दो छिटो पूरा गराउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
सडक विभागका महानिर्देशक डा.बिजय जैसीले भने कुनै पनि ढिला सुस्ती हुन नदिई निर्माण कार्यलाई गति दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


त्यसैगरी संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडक स्तरीकरणको ठेक्का लागि काम अघि बढि सकेकोको बताउदै तोकिएकै मितिभित्र काम सम्पन्न हुने बताउनुभयो ।
सडक डिभिजन काठमाडौका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माणका लागि २ प्याकेजमा ठेक्का लागि काम भइरहेको छ । यो सडक ८.५ किमि काठमाडौं र बाँकी मकवानपुरमा पर्दछ । उहाँले यस सडकलाई देशकै नमूना सडकको रुपमा निर्माण गर्ने योजना अनुरुप अघि बढाइएको बताउनुभयो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १६ श्रावण २०८२, विहीबार