९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

पदमार्ग

पदमार्ग पर्यटन विकास परियोजनाका लागि २९ स्थानीय तहलाई समेट्ने



कोशी प्रदेशका स्वीस सरकार, संघ प्रदेश र स्थानीय तहको संयुक्त लगानीमा सुरू भएको परियोजनाको कुल लागत २ अर्ब ४५ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

४ वर्षे परियोजनाको मुल लक्ष्य स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै नवीन तथा दिगो पर्यटनका माध्ययमबाट कोशी प्रदेशका जनताको आर्थिक उपार्जनमा वृद्धि गर्ने रहेको जनाइएको छ ।

परियोजनाले चियाबारी पदमार्ग, फाल्गुनन्द पदमार्ग, लालीगुराँस पदमार्ग र मुन्दुम अन्तर्गत ४ सय किलोमिटर पदमार्गको निर्माण तथा पुनः निर्माण गर्ने लक्ष्य लिएको छ ।

यस परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष लाभ प्राप्त गर्ने जनाइएको छ । परियोजनाको समाप्ति सम्ममा आन्तरिक र बाह्य गरी ७८ हजार पर्यटकले पदमार्ग भ्रमण गर्ने दाबी गरिएको छ । परियोजनाले कोशी प्रदेश अन्तर्गतका २९ वटा स्थानीय तहलाई समेटेको छ ।

परियोजना कोशी प्रदेशका लागि मात्रै नभई नेपालकै लागि गेमचेन्जर हुने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

उनले आर्थिक विकास अबको एजेण्डा भएकाले उक्त एजेण्डा पूरा गर्न पर्यटन क्षेत्र महत्वपूर्ण रहेको धारणा राखे । अब, कोशी प्रदेशमा विरोध, आलोचना, कालोझण्डा रोक्न सके ४–५ वर्षभित्रै ठूलो उपलब्धि हासिल हुने दाबी गरे ।

कार्कीले अब अलमल नभई आर्थिक समृद्धिको काममा ध्यान दिन स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे ।

कार्यक्रममा स्वीस राजदूत डा.डानियेल म्युवलीले कोशी प्रदेशमा पदपर्यटनको सम्भावना भएको र पर्यटनको माध्ययमबाट यहाँका न्यून आय भएका जनताको आयबृद्धि गर्न सकिने विश्वास व्यक्त गरे ।

स्वीस सरकारले पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा आर्थिक सहयो गरेको उनको भनाइ छ ।

कार्यक्रममा  कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, परियोजना सञ्चालन हुने २९ वटै स्थानिय तहका प्रमुख, उपप्रमुखलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार