९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मन्त्रिपरिषद् बैठक बस्दै, दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सम्भवना



काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक आज (सोमबार) अपरान्ह पाँच बजे बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उक्त बैठक बस्ने भएको हो ।

बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सक्ने सम्भावना रहेको छ ।

त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली काँग्रेसका कारण सफल हुन सकेका थिएनन् ।

स्रोतका अनुसार संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार