८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

पुल निर्माण

१६ करोड ४९ लाख लागतमा पक्की पुल निर्माण



काठमाडौं । जिल्लाको निस्दी गाउँपालिका–४ स्थित अरुणखोलामा पक्की पुल निर्माण भएको छ । अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण भएको हो ।

भ्याटसहित १६ करोड ४९ लाख ५७ हजार चार सय रुपियाँ लागतमा उक्त पक्की पुल निर्माण सम्पन्न भएको हो । सङ्घीय सरकारमार्फत दुई लेनको पक्की पुल निर्माण सम्पन्न भएको हो ।

पक्की पुल निर्माण सम्पन्न भएपछि उक्त स्थानका स्थानीय निकै खुशी भएका छन् । पुल नहुँदा धेरैनै सास्ती भोग्दै आएको उनिहरुले बताए ।

बर्खाको समयमा त झन उपचारको लागि बिरामीलाई अस्पताल समेत लान नसकेको गुनासो उनिहरुको थियो । अब पुल निर्माण भएपछि यस्ता समस्या सामधान भएको भन्दै उनिहरुले खुशी ब्यक्त गरे ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार