८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

उर्जा

नयाँ बुटवल–बर्दघाट २२० केभी प्रसारणलाइन सञ्चालनमा



काठमाडौं । पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाह गर्न र नेपाल–भारतबीचको द्विपक्षीय तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारका लागि नयाँ बुटवल–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइन निर्माण सम्पन्न भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित नयाँ बुटवल सबस्टेसनबाट सोही जिल्लाको बर्दघाट नगरपालिका–५ सम्मको साढे २१ किलोमिटर प्रसारणलाइन निर्माण सम्पन्न गरी बिहीबारबाट सञ्चालन (चार्ज)मा ल्याइएको छ ।

चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनदेखि नयाँ बुटवलसम्मको २२० केभी प्रसारणलाइनलाई चार्ज गरिएको हो ।

नयाँ बुटवल–बर्दघाट प्रसारणलाइन सञ्चालनमा आएसँगै नयाँ बुटवलबाट हेटौँडासम्म २२० केभी प्रसारणलाइन पूर्वाधार संरचना तयार भएको छ ।

प्रसारणलाइनले करिब एक हजार २०० मेगावाट विद्युत् भार बोक्न सक्ने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार