ललितपुर । ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनर्निर्माण गरिने भएको छ । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त बनेको ललितमण्डप पुनर्निर्माण गरिने भएको हो ।
ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिकाले जनाएको छ ।
हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको रराणाकालअघिको ललितमण्डपको फोटो भेट्टाइएकाले इतिहास झल्कने गरी ललितमण्डप पुनर्निर्माण हुने महानगरको भनाइ छ ।
ललितमण्डप छेउमा रहेका पाटी (फल्छा) र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनर्निर्माण गरिसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया