काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्ररूपमा अघि बढेको छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक अभावको कारण देखाएर निर्माणको काम छाडेपछि रंगशाला अलपत्रमा परेको थियो ।
तर, भरतपुर महानगरपालिकाले पहल लिएपछि अहिले संघीय सरकार, वाग्मती सरकार र भरतपुर महानगरको सहकार्यमा रंगशाला निर्माण भइरहेको छ ।
०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले रंगशालाको काम गरिरहेको छ । निर्माण कम्पनीले ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ लागतमा रंगशाला निर्माण गरिरहेको छ ।
रंगशाला निर्माणका लागस वाग्मती सरकारले ७५ करोड र भरतपुर महानगरले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया