काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिडले तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइनलाई सार्वजनिक निजी लगानीमार्फत निर्माण गर्ने भएको छ ।
ग्रिड कम्पनीले उत्पादकहरुको सहयोगमा प्रसारणलाइन निर्माण गर्ने भएको हो ।
३२ किमि लम्बाइ र एक २२०/१३२ केभीको सब-स्टेसन कार्य क्षेत्र रहेको उक्त आयोजनाको कुल लागत करिब ३.८ अर्ब रुपैयाँ छ ।
निर्माणपूर्वका सबैजसो कार्यसम्पन्न गरिएको यस आयोजनाको प्रसारण अनुमति प्राप्तिको समेत अन्तिम चरणमा छ ।
हाल करिब ७० रोपनी जग्गा अधिग्रहण गरिसकिएको र सोसहितको अन्य खर्च पछि स्थापना गरिने कम्पनीमा पुँजीकृत गरिनेछ ।
हाल ७४ प्रतिशत सेयर उत्पादक कम्पनी र २६ प्रतिशत सेयर ग्रिड कम्पनीको हुनेछ ।
आयोजनाको मुख्य आय स्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज अर्थात् विद्युतको भाडा तिर्नुपर्नेछ ।
आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफा/नोक्सान सेयर होल्डरले व्यहोर्ने अवधारणा रहेको यस आयोजना आफ्नै स्वतन्त्र कर्पोरेट मान्यताबाट परिचालन हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया