काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई भ्रष्टाचारमुक्त बनाउने बताएका छन् ।
ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसमा अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचारकै कारण आर्थिक हिसाबले समेत देशको अवस्था नाजुक बनेको बताए ।
उनले भ्रष्टाचार गर्नेको मुख हेरेर नभई अपराध हेरेर कारबाही गर्ने पनि बताए । प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको दाबी गरे ।
नसक्ने र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको उनको भनाइ छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया