काठमाडौं । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको खटाङ क्षेत्रमा नेपालकै लामो तीनमुखे झोलुङ्गे पुल निर्माणका लागि शिलान्यास गरिएको छ ।
भेरी नदीले घेरिएको खटाङ टापुमा मुख्य पिल्लर स्थापना गरेर निर्माण गर्न लागिएको पुलको नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका हुन् ।
२०८३ असारभित्र निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणको जिम्मा २१ करोड १९ लाख पाँच हजार ८५ रुपैयाँमा श्री गीता कन्स्ट्रक्सनले पाएको छ ।
पुल १।६० मिटर चौडाइ र ६५४।६० मिटर लम्बाइको हुनेछ । खटाङ टापुमा बन्ने टावरको उचाइ २५।२३ मिटरको हुनेछ ।
पुलको शिलान्यास गर्दै खड्काले धार्मिक एवं पर्यटकीय क्षेत्र खटाङ देशकै ठूलो धार्मिक क्षेत्र हुने बताए ।
उनले बजेट मात्र ल्याएर नहुने कार्यान्वयन पनि उतिकै जरुरी रहेको भन्दै पुल निर्माणको काम समयमै सक्न निर्देशन समेत दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया