काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही पुसमा भारतको भ्रमणमा जाने भएका छन् । त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य अघि बढाएको छ ।
युरोप भ्रमणमा सकेर परराष्ट्रमन्त्री आरजु राणा त्यहीबाट नयाँ दिल्ली पुगेकी छन् । प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा दिल्ली गएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीको भ्रमणको मिति तय भइनसके पनि यही पुस २५ गते जाने गरि तयारी थालिएको छ ।
भारतमा रहँदा परराष्ट्रमन्त्री राणाले समकक्षी एस जयशंकरसँग भेटवार्ता गर्ने मन्त्री राणाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले पनि गृहजिल्लामा झापामा भएको एक कार्यक्रममा आफू छिट्टै भारत भ्रमणमा जाने बताएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया