८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मनाङमा ४.७ रेक्टर स्केल भूकम्पको धक्का



मनाङमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा मनाङको नेस्याङ क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पले पुर्‍याएको क्षतिको विवरण भने आइसकेको छैन ।

यसअघि बुधबार दिउँसो बझाङमा पनि भूकम्प गएको थियो । दिउँसो ३ बजेर २ मिनेट जाँदा बझाङलाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ४ पुस २०८१, विहीबार