काठमाडौं । रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रका लागि शिलान्यास गरिएको छ ।
कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले आफु मन्त्री भएको १०० दिन पुगेको अवसरमा गृह जिल्लाको रसुवा–सिमपानी सडक कालोपत्रका लागि शिलान्यास गरेका हुन् ।
सडक कालोपत्रका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले याक्थुम्हाङ/रेग्मी/चुरिया जेभी निर्माण कम्पनीसँग ४६ करोड ७५ लाखमा ठेक्का सम्झौता समेत गरिसकेको छ ।
२०८१ साउन ७ गते सम्झौता भएको सडक कालोपत्रेको ठेक्काको म्याद ३६ महिना अर्थात २०८४ साउन ६ गतेसम्म रहनेछ । सम्झौता मितिभित्रै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार साढे ५ मिटर फराकिलो सडक ५ सेन्टीमिरटको कालोपत्रे हुनेछ । सडकको दुवैतर्फ एक मिटर सोल्जर रहनेछ, १ मिटर १० सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया