काठमाडौं । विद्युत् उत्पादन कम्पनी लिमिटेडले दैलेख जिल्लाको दुल्लु नगरपालिकामा ३० मेगावाट क्षमताको सौर्य ऊर्जा फार्म सञ्चालन गर्ने भएको छ । कम्पनीले करिब २ अर्ब लागतमा सौर्य ऊर्जा उत्पादन गर्ने भएको हो ।
३० मेगावाटबाट सौर्य ऊर्जा उत्पादनको काम शुरू गरेर अबको ३ वर्षभित्रमै १०० मेगावाट क्षमतासम्म पुर्याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ । सरकारबाट निर्माणको अनुमति पाइसकेको भए पनि विद्युत् खरीदविक्री सम्झौता (पीपीए) नभएका कारण निर्माण कार्य भने अघि बढ्न नसकेको उनको भनाइ छ ।
सरकारी स्वामित्वको यो कम्पनीले पहिलोपटक सौर्य ऊर्जामा हात हाल्न लागेको हो । कम्पनीका कार्यकारी अधिकृत बखतबहादुर शाहीले दैलेख जिल्लामा विद्युतीकरणलाई अझ विस्तार गर्ने उद्देश्यले कम्पनीले सो ठाउँबाट सौर्य ऊर्जा उत्पादन गर्न लागेको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया