२३ पुस २०८१, मंगलबार | Wed Jan 8 2025

राजस्व संकलन

वनको सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खननमा रोक, राजस्व संकलनमा वृद्धि



काठमाडौं । डिभिजन वन कार्यालयले लहान नगरपालिका भएर बग्ने बलान, सर्रे र खुट्टी खोलामा नदीजन्य पदार्थ उत्खननका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न प्रदेश वन तथा वातावरण मन्त्रालयसमक्ष सिफारिस नगर्दा चार महिनादेखि उत्खनन रोकिएको छ ।

नदीजन्य पदार्थका लागि ठेक्का नलाग्दा नगरपालिकाको राजस्व सङ्कलन घटेको छ भने विभिन्न विकास–निर्माण परियोजना प्रभावित भएका छन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृतिका लागि नगरपालिकाले सबै प्रक्रिया पु¥याएर वन कार्यालयले मन्त्रालयसमक्ष सिफारिस नगर्दा समस्या भएको लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले गुनासो गरे ।

‘हामीले वन कार्यालयलाई यो महिनामा चारवटा पत्र लेखिसक्यौँ तर वन अधिकृतले सिफारिस गर्नुभएको छैन,’ उनले भने । वातावरण संरक्षण नियमावली, २०७७ को दफा ९ को उपदफा (४) को ‘सम्बन्धित निकायले वातावरणीय अध्ययन प्रतिवेदनको सरोकारवाला अन्य सरकारी निकायसँग आवश्यक राय सुझाव लिन सक्नेछ’ भन्ने व्यवस्था अनुसार वन कार्यालयले मन्त्रालयलाई सिफारिस नदिएर काम रोकिएको प्रमुख झाको आरोप छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार