काठमाडौं । नेपाली वास्तुविद समाज (सोना)को ३४ औ वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
शनिवार सोनाको आयोजनामा काठमाडौंको बसन्तपुरदेखि ललितपुरको पाटन दरवार स्क्वार्यरसम्म साइकल ¥यालीको आयोजना गरिएको थियो ।
साइकल ¥यालीमा ५७ जनाको सहभागीता रहेको थियो । सोनाको आयोजनामा वास्तुविदहरुको भूमिका र महत्व झल्काउने गरी दरवार स्क्वार्यर परिसरमा खुला वास्तुकला प्रर्दशनी पनि सम्पन्न भएको छ ।
प्रर्दशनीको ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले उदघाटन गर्नुभयो । कार्यक्रममा नगरप्रमुख महर्जनले नेपालमा वास्तुविदहरुको महत्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो ।
प्रर्दशनीमा पुरातात्कि महत्व झल्कने काठमाडौं उपत्यकासहित उपत्यका बाहिरका विभिन्न वास्तुकलासँग सम्बन्धित मोडलहरु समावेश गरिएको थियो । प्रर्दशनीमा सोनाको गरेको डिजाइन प्रतियोगितमा उत्कृष्ट भएका डिजाइनहरु पनि राखिएको थियो ।
प्रदर्शनीको नगरप्रमुख महर्जन, सोनाका अध्यक्ष ईश्वरलाल जोशी, नेपाल इन्जिनियर्स एसोसिएनका अध्यक्ष सुवास चन्द बराल, रुप्सनका अध्यक्ष किशोर कुमार झा लगायतका सहभागीहले अवलोकन गर्नुभएको थियो ।
नेपालमा वास्तुविदहरुको भूमिकाको बारेमा जानकारी दिन प्रदर्शनी आयोजना गरिएको सोनाका अध्यक्ष ईश्वरलाल जोशीले बताउनुभयो ।
त्यसैगरी सोनका आयोजनामा पाटन दरवारको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । रक्तदानमा २३ जना सहभागीता रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया