कर्णाली । नेपाली कांग्रेस सल्यान र बाँकेका नेताहरूको संयुक्त टोलीले सल्यान–बाँके जोड्ने बिपीमार्ग निर्माणका लागि दबाब दिन पहल थालेको छ ।
यही पुस २३ र २४ गते पर्न गएको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा उक्त टोलीले केन्द्र तथा प्रदेश सरकारलाई दबाब दिनका लागि पहल थालेको हो ।
नेपाली कांग्रेस सल्यान क्षेत्र नं २ का क्षेत्रीय सभापति सुरेश अधिकारीले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सुरु गर्नुभएको उक्त बाटो अहिलेसम्म निर्माण हुन नसकेपछि सरकारलाई दबाब दिन पहल थालिएको बताए ।
“बिपी प्रधानमन्त्री हुँदा सुरु गरेको उक्त बाटो ६६ वर्षसम्म बन्न नसकेर ओझेलमा परेको छ”, उनले भने “पञ्चायत, बहुदल हुँदै मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुग्दासमेत त्यसको निर्माण हुन नसक्नु दुर्भाग्य हो ।”
नेपाली कांग्रेसको संस्थापक सभापति कोइरालाको नामबाट नामकरण गरिएको ऐतिहासिक बिपीमार्ग बन्नु नसक्नु राष्ट्रिय लज्जाको विषय भएको कांग्रेस नेताहरू बताउँछन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया