९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

सम्पदा संरक्षण

सडक निर्माण गर्दा सम्पदा संरक्षण गर्न आग्रह



काठमाडौं । पुरातत्व विभागले हाल स्तरोन्नति भइरहेकोे सूर्यविनायक–धुलिखेल खण्डमा पर्ने पुरातात्विक एवं ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ ।

ऐतिहासिक सम्पदाको संरक्षणार्थ विभागले स्तरोन्नति भइरहेको उक्त खण्डसँग सरोकार राख्ने भक्तपुर र काभ्रेपलाञ्चोकका नियामक निकाय, सडक विभाग र आयोजनालाई आग्रह गरेको हो ।

उक्त क्षेत्रमा सम्पदा प्रभाव मूल्याङ्कन (एचआइए) भइसकेको विभागले जनाएको छ । विभागका सङ्ग्रहालय अधिकृत पुरुषोत्तम आचार्यले एचआइएको प्रतिवेदन बमोजिम परम्परागत सामग्रीको प्रयोग गरी मौलिक स्वरुपमा पुनःनिर्माण गर्न पत्राचारमार्फत आग्रह गरिउको बताए ।

उनका अनुसार ढङ्गेधारासहित अन्य ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्दा प्राचीन स्मारक ऐन, २०१३ (पाँचौँ संशोधन) बमोजिम गर्न तथा हालसम्म भएरगरेका कार्यको प्रगतिसमेत विभागलाई उपलब्ध गराउन भनिएको हो ।

यसअघि सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास खण्ड आयोजनाले स्तरोन्नति भइरहेको अरनिको राजमार्गको आठ दशमलव चार किमीमा पर्ने ऐतिहासिक आठ वटा संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाएको थियो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार