९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

ध्यानाकर्षण

निर्माण व्यवसायीद्वारा १४ बुँदे माग कार्यान्वयन गर्न सभापति देउवालाई ध्यानाकर्षण



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग भेट गरी आफ्ना १४ बुँदे माग कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

शनिबार महासंघका अध्यक्ष सिंहको नेतृत्वमा सभापति देउवालाई भेटेर महासंघको १४ बुँदे माग कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको हो ।

निर्माण व्यवसायी महासंघले आगामी १५ गतेसम्म सबै विकासे मन्त्रालय र सरकारी निकायहरुलाई व्यवसायीहरूका माग सम्बोधनको लागि ज्ञापनपत्र बुझाउने कार्यक्रमअनुसार शुक्रबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष माननीय राजेन्द्रप्रसाद लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपि अर्याल, मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतसँग भेट गरी महासंघको १४ बुँदे माग कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको थियो ।

भुक्तानीको समस्या हटाउन पर्ने, मूल्यवृद्धि र कालोबजारी हटाउनुपर्ने, सार्वजनिक खरिद नियमावलीको १३ औँ संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानुनी जटिलता हटाउनु पर्ने लगायतका १४ बुँदे माग राख्दै महासंघले उक्त माग पूरा नभए आगामी माघ १८ देखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार