काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
सुर्खेतको चौकुने गाउँपालिका–२ लगामस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव कार्यक्रममा आज उनले पूर्वाधार निर्माण नभएकै कारण राजधानी वीरेन्द्रनगरसँग उक्त पालिकाको सहज पहँुच नभएको बताए ।
उनले विकास निर्माण सबैको आवश्यकता भएकाले यसमा सबै दल र जनता एकसाथ अगाडि बढ्नुपर्नेमा जोड दिए । एक्लै हिँड्ने प्रचलनले व्यक्तिलाई फाइदा भए पनि समाज विकास नहुने मुख्यमन्त्री कँडेलको जिकिर थियो ।
उनले यहाँका पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका योजना तथा विकास निर्माणको अनुगमन तथा कामको प्रगतिबारे जानकारी लिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया