काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) दिउँसो ३ बजे बस्ने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार उक्त बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।
सरकारले संसद्को हिउँदे अधिवेशन (संसद् बैठक) बोलाउने प्रक्रियाको थालनीका लागि मन्त्रिपरिषद् बैठक बोलाएको बताइएको छ ।
यहीँ माघ १८ गतेभित्रै हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया