काठमाडौं । आगामी शुक्रबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । बैठक तयारीका लागि सभामुख देवराज घिमिरेले आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
सभामुख घिमिरेले हिउँदे अधिवेशन, विधेयक, सरकारको तयारीलगायत विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।
आजको बैठकमा सरकारले ल्याउने विधेयकको तयारीबारे सभामुखले छलफल गरे । आगामी संसद् अधिवेशन प्रभावकारी बनाउन पहल गर्न पनि उनले सचेतकहरूलाई आग्रह गरे ।
माघ १८ गते दिउँसो १ बजेका लागि बोलाइएको पहिलो दिनको बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने तय भएको छ ।
समितिको बैठक नियमित बस्न र विचाराधीन विधेयकलाई टुंगोमा पुर्याउन पनि सभामुखले आग्रह गरेका छन् ।
यसैबीच सत्तारुढ दल एमालेले १५ गतेका लागि संसदीय दलको बैठक बाेलाएकाे छ । बैठक दिउँसो १ बजे ल्होत्से हलमा बस्ने गरी बोलाइएको बैठकपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया