काठमाडौं । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शहरलाई जीवन्त र वातावरणमैत्री बनाउन नगर विकास कोषले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा आयोजित नगर विकास कोषको ३७औँ वार्षिक उत्सवको अवसरमा बोल्दै मन्त्री सिंहले उपलब्ध स्रोत साधनको उच्चतम् परिचालन गर्दै शहरलाई जीवन्त तथा वातावरणमैत्री बनाउन कोषले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका हुन् ।
स्थानीय तह, शहरी पूर्वाधार निर्माण तथा विकासमा दीर्घकालीन ऋण लगानीसहित वैकल्पिक वित्तीय उपकरण परिचालन गरी देशको विकास लागि योग्दना पुर्याएको भन्दै मन्त्रीले कोषको प्रशंसा गरे ।
‘हालसम्म बैंक तथा वित्तीय संस्थाहरू शहरी पूर्वाधार निर्माणका आयोजनाहरूमा दीर्घकालीन ऋण प्रवाह गर्न जोखिम महसुस गरिरहेका छन् । यस्तो कठिन अवस्थामा नगर विकास कोषले आर्थिक तथा सामाजिक पूर्वाधारको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ,’ उनले भने ।
कोषले शहरी पूर्वाधार विकास दीर्घकालीन ऋण लगानीसहित वैकल्पिक वित्तीय उपकरण परिचालन गर्ने संस्थाको रूपमा आफ्नो पहिचान बनाएको बताए । मन्त्री सिंहले भने, ‘कोषको महत्व र कार्यक्षेत्रलाई मध्येनजर गर्दै सरकारबाट पुँजी बृद्धि र कार्यक्षेत्र विस्तारका लागि कोषको ऐन संशोधन प्रक्रिया अगाडि बढाइएको छ ।’
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया