३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025

तालिम

पावर वितरण प्रणाली डिजाईन तथा सुरक्षासम्बन्धी ७ दिने तालिम सम्पन्न (तस्बिरसहित)



काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन र नेपाल विद्युत् प्राधिकरणको संयुक्त सहकार्यमा पावर वितरण प्रणाली डिजाईन तथा सुरक्षासम्बन्धी सात दिवसीय तालिम सम्पन्न भएको छ । बुधबार नेपाल इन्जिनियर्स एशोसिएसनले पावर डिस्ट्रिब्युसन डिजाइन तथा सुरक्षासम्बन्धी सात दिवसीय तालिम सम्पन्न भएको हो ।

नेपाल विद्युत् प्राधिकरणको मुख्य सहयोगमा फागुन १ देखि ७ गतेसम्म एशोसिएसनको पुल्चोकस्थित भवनको तालिम केन्द्रमा आयोजित उक्त तालिममा विभिन्न संस्थाका ३० जना विद्युत् इन्जिनियरहरूको सहभागिता रहेको थियो । फागुन १ गतेबाटबाट सुरु भएको उक्त तालिमबाट ३१ जना इलेक्ट्रिकल इन्जिनियर प्रशिक्षार्थीहरू लाभान्वित भएका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसनको व्यवस्थापन र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा सञ्चालित तालिम अनुशरणीय रहेको तालिममा सहभागी प्रशिक्षार्थीहरूबाट पृष्ठपोषण प्राप्त भएको प्राधिकरणले जनाएको छ । तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक इ.कुलमान घिसिङले आगामी दिनमा दुवै संस्थाको सहकार्य र सहयोगमा थप तालिमका कार्यक्रमहरू सञ्चालन गरिने प्रतिवद्धता व्यक्त गरे ।

नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इ.सुवासचन्द्र बरालले २० वर्ष पहिलेदेखि इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको मागलाई सरकारले महत्त्व नदिएको गुनासो गरे । उनले अनुसन्धान, तालिम, प्रशिक्षण, ज्ञान, सीप र त्यसको आवश्यकता एवं परिणामबारे सरकारलाई बुझाउन यो तालिमले कलेज स्थापनाका लागि विगूल फुकेको बताए ।

तालिममा सहभागीहरूको स्वागत गर्दै एशोसिएसनका उपाध्यक्ष इ.प्रकाश केसीले हामीले निर्वाचनको बेला गरेको बाचालाई पूरा गर्नुछ । कलेजको स्थापनाको मुद्दामा अब सरकारको मुख ताकेर बस्दैनौँ ।

देशमा गुणस्तरीय र दीगो पूर्वाधार विकास निर्माणतर्फ हाम्रो सदैव जोड रहेको छ । जुन कुरा नेपाल इन्जिनियर्स एशोसिएसनले सञ्चालन गर्ने अनवरत तालिम कार्यक्रमले महत्त्वपूर्ण सहयोग पुर्याउने विषयमा उनले जोडदिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ८ फाल्गुन २०८१, विहीबार