काठमाडौं । चिनियाँहरुले स्याफ्रुबेसी–रसुवागढी नाका पुग्ने सडकमा भने काम गरिरहेका छन् । उक्त सडक निर्माण भएसँगै केरुङनाकाबाट वस्तु आयातनिर्यातमा सहज हुन्छ ।
रेलमार्गतर्फ केरुङ–काठमाडौंको सम्भाव्यता अध्ययन भइरहेको छ । ‘केरुङ–काठमाडौं रेलमार्ग सम्भाव्यता अध्ययन भइरहेको छ । ३ वर्षसम्मको म्याद रहेको छ। सम्भाव्यता अध्ययन समेत डिटेलमा हुन्छ’, उनले भने ।
त्यस्तै, हवाइ यातायाततर्फ करिब २५ अर्ब चिनियाँ ऋण लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्पन्न भएको छ । विमानस्थल सञ्चालनमा आएको डेढ वर्षसम्म आन्तरिक उडानमात्रै भएका छन्। उक्त ऋण तिर्ने नाफा कमाउन सकेको छैन ।
सरकारले चीनलाई पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न चिनियाँ पक्षलाई आग्रह गरिएको छ भने चिनियाँ सहयोग नियोगका अधिकारीलाई अर्थ मन्त्रालयले पत्र नै हस्तान्तरण गरिसकेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया