पर्वत । लुङ्दीखोला–भेडावारी–दुलेपानी सिंचाइ आयोजना पूरा गर्नुपर्ने सम्झौताको अवधिभन्दा अगाडी नै सम्पन्न भएको छ । जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित आयोजना सम्झौता अवधिभन्दा ११ महिनाअगावै सम्पन्न भएको हो ।
सिंचाइ विकास डिभिजन कार्यालय पर्वतले १९ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०८० भदौमा ९२ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो ।आयोजनाको काम ८ महिनामै सम्पन्न भइ सञ्चालनमा आएको सिंचाइ नहर उपभोक्ता समितिले जनाएको छ ।
यस आयोजनाबाट यहाँका करिब १०० घरधुरीको झण्डै १ हजार रोपनी खेतबारीमा बाह्रै महिना सिंचाइ सुविधा पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया