९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

सडक

ट्र्याक खुलेको ६ वर्षपछि १२ करोड ७४ लाख लागतमा सडक कालोपत्रे गर्ने तयारी



बागलुङ । जिल्लाको बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र भइरहेको छ । १२ करोड ७४ लाख लागतमा बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्न सुरु गरिएको हो ।

पूर्वधार विकास कार्यालय बागलुङको १२ करोड ७४ लाख लागतमा एसी कन्स्ट्रक्सनले २०८३ साउन १९ गते सक्नेगरी कालोपत्र गर्ने जिम्मा पाएको छ ।

विसं २०७० मा ट्र्याक खुलेको सडकको ६ वर्षपछि कालोपत्र गर्न सुरु गरिएको हो ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार