९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

अस्ताउँदो सूर्यलाई अर्घ दिई मनाइयो छठ



काठमाडौं । अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ बिहीबार छठ पर्व मनाइएको छ ।

कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटका रुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटम  छठी माताको पूजाआजा गर्दै यो पर्व मनाइएको हो ।

रामघाट र जमुहार नदीमा ५ हजार बढी भक्तजनहरूले छठको सामूहिक पूजा गरेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरूले सूर्यको विशेष पुजापाठ गरी  सामूहिक रुपमा यो पवै मनाएका हुन् ।

यस वर्ष भने गत वर्षको तुलनामा भक्तजनहरूको संख्या दोब्बर थियो । यस वर्ष भक्तजनको संख्या बढेको पूजा व्यवस्थापन समितिका अध्यक्ष गणेशलाल कर्णले बताए ।

भक्तजन जम्मा भएर सामूहिक रुपमा पूजापाठ समेत गरेका थिए । पुजाआजाका लागि मधेसी, पहाडी, नेवार समुदायका सहभागी थिए । विशेष पूजाको अवसरमा उनीहरुले सूर्य र छठी माताको आराधना समेत गरेका थिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २२ कार्तिक २०८१, विहीबार