काठमाडौं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) आयोजना अन्तर्गत ६ वटा सुरुङमार्ग रहेकाेमा हालसम्म तीन वटा सुरुङ मार्गको ब्रेक थ्रु भइसकेकाे छ। यस आयोजनाकाे धेद्रे सुरुङ दायाँ टनेल १ हजार ६५३ मिटर, लेनडाँडा सुरुङ दायाँ टनेल १ हजार ६३३ मिटर र लेनडाँडा बायाँ १ हजार ६१२ मिटर ब्रेक थ्रु भइसकेकाे हाे ।
आयोजना अन्तर्गतका महादेवटार सुरुङ दायाँ टनेल ३ हजार ३२२ मिटरमध्ये २ हजार २९ अर्थात् ६१ प्रतिशत खन्ने कार्य सम्पन्न भएको छ र बायाँ टनेल ३ हजार ३८६ मिटरमध्ये २ हजार २८८ मिटर अर्थात् ६८ प्रतिशत खन्ने कार्य सम्पन्न गरेको छ ।
देवीचौर सुरुङ १ हजार मिटर र सिसौटार सुरुङ ३९० मिटर डिजाइनको क्रममा रहेको र चन्द्राम भीर सुरुङ २२५० मिटर पोर्टल तयारीको कार्य भइरहेको सेनाले जनाएकाे छ ।
सेनाका अनुसार आयोजनाको समष्टिगत भौतिक प्रगति नै ३७ प्रतिशत भएकाे छ भने वित्तीय प्रगति ३९ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया