१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दिगो हुन्छ : पर्यटनमन्त्री पाण्डे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्व विमानस्थल सञ्चालनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले शनिबार भैरहवामा आयोजित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा व्यवसायीहरूले आशंका व्यक्त गरेपछि मन्त्री पाण्डेले अन्तर्राष्ट्रिय उडान नरोकिने प्रतिबद्धता जनाएका हुन् ।

नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनीसमेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने मन्त्री पाण्डेले बताए । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा दुईपटक आउनेसमेत प्रतिबद्वता जनाए ।

‘महिनामा दुईपटक  विमानस्थलकै लागि भैरहवा आउनेछु,’ उनले भने, ‘संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्नेमा लागेको छ । मेची-महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ ।’

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार