कीर्तिपुर । कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ ।
हालसम्मको परिणाम अनुसार कांग्रेसका उम्मेदवार कृष्णमान ढंगोलले तीन हजार ३८५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिस्पर्धी एमाले उम्मेदवार सुरेन्द्र मानन्धरले दुई हजार ७२६ मत प्राप्त गरेका छन् ।
कृष्णमान र सुरेन्द्रबीच ६५९ मतान्तर रहेको छ ।
त्यस्तै माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले दुई हजार ३१७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जनले एक हजार २०७ मत प्राप्त गरेका छन् ।
कांग्रेसका कृष्णमान ढंगोलको सुरुवाती अग्रता कायमै छ । मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार कीर्तिपुर नगरपालिकाको १, २, ३, ४ र ५ नम्बर वडाको मतगणना सकिएको छ । बाँकी वडाको मतगणना पनि सुरु भइसकेको कार्कीले बताइन् । तर, अन्य वडाको मतपरिणाम भने केही बेरमा सार्जजनिक गरिनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया