काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आठ समझदारी पत्रमा हस्तारक्षर भएको छ ।
समझदारी पत्रमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, काठमाडौं–हेटौंडा पोडवे, जिलोङ–केरुङ–काठमाडौं क्रसबोर्डर रेल्वे, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी क्रसबोर्डर प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति गर्ने लगायतका विषयमा हस्ताक्षर भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
समझदारी पत्रमा हस्ताक्षर हुनुभन्दा पहिले प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी छ्याङबीच वार्ता भएको थियो । प्रधानमन्त्री चार दिने चीनको औपचारिक भ्रमणमा छन् ।
मंगलबार नै प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुनेछ ।
यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?
प्रतिक्रिया