९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

जिल्ला अधिवेशन

एमाले ७ जिल्लाको अधिवेशन अनिश्चित



काठमाडौं । नेकपा (एमाले)को सदस्यता वितरण र आन्तरिक विवादले केही जिल्लाको अधिवेशन अनिश्चित बनेको छ । ७० जिल्लाको अधिवेशन सम्पन्न भए पनि ७ जिल्लाको अनिश्चित बनेको एमाले निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए ।

सात जिल्लाको अधिवेशन यहीँ मंसिरभित्रै सम्पन्न गर्न केन्द्रले निर्देशन दिएको छ । तर, बझाङ बाहेक अन्य जिल्लामा यो महिनामा अधिवेशन सम्पन्न हुने सम्भवना देखिएको छैन ।

मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम र डोटीमा पार्टीको आन्तरिक विवाद र सदस्यता वितरणमै विवाद भएपछि अधिवेशन हुन नसकेको सुब्बाले बताएका छन् ।

गत जेठ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरिसक्नुपर्ने भएपनि सदस्यता वितरण र आन्तरिक विवादले अधिवेशन पूर्वनिर्धारित समयमा हुन सकेको छैन ।

 

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार