१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

सुर्खेतबाट हुम्ला, मुगु र जुम्लामा नियमित उडान



काठमाडौं । लामो समयदेखि सुर्खेत विमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा तारा एयरलाइन्सले उडान सु्र गरेको छ ।

बुधबारदेखि सुर्खेतबाट कर्णालीका हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो ।

तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणि सुवेदीका अनुसार सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट, जुम्ला र रारा विमानस्थलमा उडान गर्ने उनले जानकारी दिए ।

त्यसका लागि सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत–रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण गरिएको सुवेदीले जानकारी दिए ।

यो खबर पढेर तपाईंलाई कस्तो लाग्यो ?

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार