काठमाडौं । शुक्रबारदेखि नेपालले ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने भएको छ । भारतले अन्तिम समयमा स्वीकति दिएपछि नेपालले विद्युत् निर्यात गर्ने भएको हो । गत असोज १७ गते भएको सम्झौतापछि नेपाल विद्युत् प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्रीका लागि पठाएका दुई आयोजना भारतले स्वीकृति दिएको छ । योसँगै शुक्रबारदेखि बंगलादेश विद्युत् निर्यात गर्न पाउने भएको छ…