काठमाडौं । धार्मिक पर्यटकीयस्थल कृष्णथुम्कीमा संघीय सरकारको सहयोगमा मन्दिर र गुम्बाको मर्मतसम्भार गरिएको छ । महाभारतकालीन पौराणिक कथनअनुसार भगवान् श्रीकृष्णले गाई चराएको किंवदन्ती जोडिएका सो स्थलमा गाईको खुरको छाप रहेको पवित्र शिला रहेको छभने मन्दिर वरपर श्रीकृष्ण र पाँच पाण्डवको प्रतीकका पमा पाथी आकारको छवटा मनमोहक डाँडा छन् । मेचीनगर नगरपालिका–१ स्थित कृष्णथुम्की मन्दिर र…