काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले स्थानीय सरकारको समस्या संघलाई नै भन्नुपर्ने भए प्रदेशको के काम भन्दै प्रश्न गरेका छन् । आज (आइतबार) बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा.हरिप्रसाद लम्सालसँग कुराकानी गर्दै मेयर बालनले यस्तो प्रश्न गरेका हुन् । उनले भने, ‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन…