८ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025

रविविरुद्ध ३ वटा कसुरसम्बन्धी मुद्दा, २७ करोड ८९ लाख बिगो दाबी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालत कास्कीमा दर्ता भएको छ । उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणविरुद्धमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७०५ रूपैयाँ जरिबानासहित बिगो दाबी गरिएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जनाएको छ ।